जेठ १० छाडेर असारमा पुग्यो पूजाको ‘दान्भी’

574 shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माको दान्भीको प्रदर्शन मिति सरेको छ । यसअगाडि बुद्धजयन्तिको अवसरमा जेठ १० गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब भने असारमा प्रदर्शनमा आउने भएको छ । दान्भी असार ७ गते प्रदर्शनमा आउने भएको हो ।

पूजाको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति सारिएको हो । जेठ १० मा स्टारहरुको महाभिडन्तको रुपमा लिइएकोमा अब भने फर्की फर्की र पूजार सार्की मात्रै सो मितिमा प्रदर्शनमा आउने भएका छन् । दुवै फिल्म स्टार कलाकारले भरिएका छन् ।

दान्भिमा पूजा एक्सन अवतारमा देखिएकि छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा पूजाको साथमा कुन्साङ बोमजन, किरण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

574 shares