विद्यार्थी महोत्सव ‘कल्चरल मुभमेन्ट’को शुरुवात : समिक बडाल
वि.सं.२०८१ जेठ ४ शुक्रवार ०१:४८
काठमाडौँ । अनेरास्ववियुले काठमाडौँमा जेठ १ गतेदेखि ३ गतेसम्म आयोजना गरेको विद्यार्थी महोत्सव–२०८१ सम्पन्न भएको छ । तीन दिनसम्म भृकुटीमण्डपमा चलेको महोत्सवमा देशभरका विद्यार्थीहरुको सहभागिता देखियो ।
विभिन्न विश्वविद्यालयको जानकारी लिनुका साथै लोकप्रिय व्याण्डको गीतमा झुमेर विद्यार्थीहरुले महोत्सवको भरपुर उपयोग गरे । १ लाख बढिले महोत्सव अवलोकन गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा बढि विद्यार्थीले महोत्सव अवलोकन गरेको अध्यक्ष समिक बडालले बताए ।
विद्यार्थी महोत्सव–२०८१ विद्यार्थी आन्दोलनको ‘पाराडिज्म सिफ्ट’ को एक ऐतिहासिक घटनाक्रम बनेर दर्ज हुनेमा अध्यक्ष बडाल विश्वस्त देखिएका छन् । महोत्सवले देश प्रतिको विद्यार्थीको कर्तव्यबोध र शिक्षामा आमूल परिवर्तनको लागि एक ‘अलग’ अभियानको थालनी गरेको उनको दावी छ ।
समग्रमा विद्यार्थी महोत्सव एक ‘कल्चरल मुभमेन्ट’को शुरुवात भएको बडालले बताए । उनले थप्दै भनेका छन् हामी लामो यात्रा तय गर्दैछौ – आफैलाई प्रश्न गर्दै, राज्यलाई प्रश्न गर्दै, आफैलाई परिमार्जन गर्दै र राज्यलाई परिवर्तनका लागि दवाब सिर्जना गर्दै ।
महोत्सव सकिएपछि अनेरास्ववियुका अध्यक्ष बडालले सबैलाई धन्यबाद दिए । उनले यो अभियानमा सहयोग गर्ने अनेरास्ववियुका नेता तथा कार्यकर्ता, आयोजक समिति, यो अभियानलाई अत्यन्तै नजिकबाट सहयोग गर्न हुने नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत नेतागण, विभिन्न विश्वविद्यालय तथा स्कुल÷ कलेजहरू,प्रायोजक, सांगितिक ब्याण्ड, सामाजिक संजालका फोरमहरू, संचारकर्मी तथा संचारमाध्य, सुरक्षाकर्मी लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
वि.सं.२०८१ जेठ ४ शुक्रवार ०१:४८