कान्समा ऐश्वर्याको सुन्दरताको जादु
वि.सं.२०८१ जेठ ५ शनिवार ०२:२६
1.01K
shares
काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या रायको सुन्दरताको प्रशंसक को नहोला र ? उनै सुन्दरी विगत २२ वर्षदेखि विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भइरहेकी छिन् । यो वर्ष पनि उनले फेस्टिभलमा आफ्नो सुन्दरताको जादु छरिन् ।
महोत्सव फ्रान्समा हरेक बर्ष आयोजना हुँदै आएको छ । ऐश्वर्याको सुन्दरताले सबैको ध्यान यो पटक पनि खिच्यो । उनले कालो र गोल्डेन गाउन लगाएकी थिइन् । उनको गाउन सम्हाल्नका लागि ४ जना सहयोगीहरुले काम गरेका थिए ।
उनको यो लुकलाई मोनोक्रोमैटिक लुक्सको नाम दिइएको छ । यो पहिरनको डिजाइन फाल्गुनी र शेनले गरेका थिए ।
वि.सं.२०८१ जेठ ५ शनिवार ०२:२६
1.01K
shares