दोस्रो पटक विश्व विजेता बन्यो भारत

770 shares

काठमाडौँ । भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि उचालेको छ । गएराति भएको रोमाञ्चक खेलमा ७ रनले दक्षिण अफ्रिकालाई पराजित गर्दै दोश्रोपटक विश्वकपको उपाधि जितेको हो । यसअगाडि भारतले सन् २००७ मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । टस जितेर व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन जोडेको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । कप्तान रोहित शर्माले ९ रन बनाउँदा ऋषभ पन्त शुन्य रनमै आउट भए । सूर्यकुमार यादवले ३ रन, अक्षर पटेलले ४७ रन, शिवम दुवेले २७ रनको योगदान भारतका लागि दिए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजले २–२ विकेट लिए भने मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए ।

यता दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ५२ रन जोडे । त्यस्तै, क्वीनटन डी ककले ३९ रन, ट्रिस्टन स्टब्सले ३१ रन, डेभिड मिलरले २१ रनको योगदान दिए ।

भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । अक्षर पटेलले भारतका लागि १ विकेट लिए ।

 

 

770 shares