युरोकप : जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

742 shares

काठमाडौँ । आयोजक जर्मलीलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले पराजित गरेको हे ।

प्रतिपर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । दोश्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई बराबरीमा फर्काएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा निर्णायक गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।

जारी युरोकपमा स्पेन हालसम्म अपराजित टिम रहेको छ । स्पेनले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

 

742 shares