अनेरास्ववियु दोलखा काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा नविन राउत
वि.सं.२०८१ असार २३ आइतवार ०८:३५
काठमाडौँ । अनेरास्ववियु दोलखा काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा नविन राउत निर्वाचित भएका छन् । शनिबार काठमाडौँको कोटेश्वरमा भएको २४ औँ सम्मेलनबाट राउत अध्यक्षमा निर्वाचित भएका हुन् ।
सम्मेलनबाट उपाध्यक्षमा सुजिता पोखरेल, कपिल फुयाल, कृष्ण खड्कालाई सर्वसम्मत चयन गरेको छ । कमिटीको सचिवमा केन्द्र घतानी सह–सचिवमा अनुप भुजेल र प्रकृति पाख्रिन चयन भएका छन् भने कोषाध्यक्षमा लक्ष्मण पोखरेल सर्वसम्मत भएका छन् ।
सम्मेलनकै अवसरमा कमिटीले एसईई पास भएका दोलखाका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो । कार्यक्रम अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अनेरास्ववियुका सचिव संजिव धिताल, एमाले केन्द्रिय सदस्य सरस्वति बस्नेत, एमाले केन्द्रिय लेखा आयोग सदस्य शान्ति पाख्रिन, श्याम बस्नेत, स्वयंम बहादुर खड्का, जंग गुरुङ, राजकुमार ढकाल लगायतका नेताले सम्बोधन गरेका थिए ।
वि.सं.२०८१ असार २३ आइतवार ०८:३५