वर्षाले भनिन्, ‘म गर्भवती भएको छैन’

693 shares

काठमाडौँ । अभिनेत्री वर्षा राउत गर्भवती भएको हल्ला बजारमा चलेको छ । शनिबार सामाजिक संजालमा उनले एकसाथ दुइटा फोटो सार्वजनिक गरिन् । तस्बिरमा उनको पेट थोरै बाहिर निस्किएको थियो । तस्बिर सार्वजनिक भएपछि धेरैले उनलाई गर्भवती भएको भन्दै बधाई दिएका छन् ।

गर्भवती भएको हल्ला चलेपछि उनले आफू गर्भवती नभएको प्रष्ट्याएकी छन् । उनले पोष्टमा कमेन्ट गर्दै, सबै जना शान्त हुनुहोस्, ‘म गर्भवती छैन’ भनेर लेखेकी छन् ।

वर्षाले ६ वर्षअघि अभिनेता एवं व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी थिइन्। विवाह भएदेखिनै बच्चा कहिले भनेर सबैले प्रश्न गर्ने गरेका थिए ।

 

693 shares