‘मोदीबेनी’को ‘मन्जुरी’ गीतमा वर्षासँग रोमान्टिक अमर

434 shares

काठमाडौँ । साउनको १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार निर्माण टिमले काठमाडौँमा एक आयोजना गर्दै फिल्मको ‘मन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा राम अविरल विष्टको शब्द रहेको छ भने संगीत एसडी योगीको रहेको छ । गीतमा योगी र विज्ञानी पराजुलीले स्वर दिएका छ । रोमान्टिक भावको गीतमा फिल्मका मुख्य कलाकार वर्षा शिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठ फिचर्ड छन् । किरण थापाको कोरियोग्राफी रहेको गीतमा वर्षा र अमर रोमान्टिक देखिएका छन् ।

आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्ममा शंकर कोइरालाको निर्देशन रहेको छ । फिल्मको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका छन् । दिलिप केसीको लगानीमा तयार भएको फिल्ममा हरि श्रेष्ठ सह–निर्माता हुन् ।

फिल्ममा वर्षा र अमरको साथमा प्रविण खतिवडा, सरोज खनाल, रेजिना उप्रेति, दिलिप केसी, स्नेहा भट्टराई, जीवन भट्टराई, कमलमणी नेपाल, हिउँवाला गौतम, सुव्रतराज आचार्य लगायतका कलाकारको अभिनय छ ।

 

434 shares