फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

वि.सं.२०८१ असार २६ बुधवार ०३:०८
1.2K
shares

काठमाडौँ। जारी युरोकपमा फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान म्युनिख फुटबल एरेनामा भएको खेलमा फ्रान्सलाई २–१ गोलले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो ।
खेलको ९ औँ मिनेटमा मुआनी हेडरले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता खेलको २१ औँ मिनेटमा स्पेनका लामिन यमलले गोल गर्दै बराबरी बनाए । लगत्तै २५ औँ मिनेटमा डानी ओल्मोले गोल गरे । उक्त गोल नै स्पेनको जितको निर्णायक गोल बन्यो ।
अब बुधबार राति हुने इंगल्याण्ड र नेदरल्यान्डबितको विजेताले स्पेनसँग उपाधिका लागि फाइनलमा भिड्नेछन् ।

वि.सं.२०८१ असार २६ बुधवार ०३:०८
1.2K
shares