‘घरज्वाइँ’लाई प्रिमियरमा कस्तो मिल्यो प्रतिक्रिया

406 shares

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘घरज्वाइँ’को प्रिमियर सम्पन्न गरिएको छ । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा कलाकार, नेता र पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।

मगर समुदायको झाँकीले कार्यक्रममा रौनकता थपेको थियो । फिल्म हेर्नका लागि संघिय संसदको उपसभामुख इन्दिरा राना मगरसमेत पुगेकी थिइन् ।

फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । धेरैले फिल्मको लोकशनको तारिफ गरेका थिए । मगर समुदायको घरज्वाइँ बस्ने परम्परामाथि फिल्म निर्माण गरिएको छ ।

फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका छन् । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

406 shares