सुकेशका कारण फेरी विवादमा ज्याकलिन फर्नान्डिज

462 shares

काठमाडौँ । पछिल्लो समय बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फिल्म भन्दा धेरै व्यक्तिगत कुराहरुले चर्चामा छिन् । उनि ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धको कारण चर्चामा आएकी हुन् ।

सुकेशसँगको सम्बन्धका कारण उनि यसअगाडि पनि विवादमा तानिएकी थिइन् । सम्पत्ति शुद्धिकरण मुद्दामा लामो समयदेखि उनि विवादित बनिरहेकी छन् । सुकेशसँग सम्बन्धित २ सय करोड भारुको मनी लन्ड्रिङ प्रकरणका कारण ज्याकलिन विवादमा परेकी हुन् ।

मनी लन्ड्रिङ प्रकरणमा प्रवर्तन निदेशालय (ईडी) को निशानामा परेकी उनलाई सुकेशसँगको सम्बन्धको कारण फेरि एकपटक बयानका लागि ईडीले बोलाएपछि उनि चर्चामा आएकी हुन् । ज्याकलिन र सुकेशको अंतरंग फोटो सार्वजनिक भएपछि उनिहरुको सम्बन्धको चर्चा भएको थियो । जेलमा रहेका सुकेशले बेलाबेलामा उनलाई प्रेमपत्र लेखिरहेका हुन्छन् । सुकेशले ज्याकलिनलाई महँगो महँगो उपहार दिएको कारण उनि ईडीको निशानामा परेकी हुन् ।

 

462 shares