प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

742 shares
ishwor movie

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते शुक्रबार विश्वासमो मत लिनेछन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम दाहालले विश्वातको मत लिन लागेको हुन् ।

गठबन्धनमा रहेको एमालेले साथ छाडेपछि दाहालले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यस्तोमा एमालले प्रचण्डको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसले पनि विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

742 shares