नेप्सेमा छायो हरियाली

वि.सं.२०८१ असार २७ बिहीवार १०:०४

काठमाडौँ । नयाँ सरकार गठनको हल्ला सुरुभएयता नेप्सेमा उत्साह छाएको छ । केहिदिनयता नेप्सेका सूचकहरु बढिरहेका छन् । आज साताको अन्तिम कारोबार दिन पनि नेप्से २९.२१ अंकले बढेको छ । नेप्से बढेर २२०४.६१ विन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैँयाको कारोबार भएको छ । यो रकम पछिल्लो पाँच महिनायताकै उच्च हो ।
आज बजारमा १९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४६ वटा कम्पनीको मूल्य सामान्य घटेको छ । यस्तै, ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । समाज लघुवित्तको शेयर भने सर्वाधिक ४.५९ प्रतिशतले घटेको छ ।
बजारमा लघुवित्त र व्यापार समूहको परिसूचक बाहेक सबै परिसूचकहरु बढेका छन् ।

वि.सं.२०८१ असार २७ बिहीवार १०:०४