समीक्षा अधिकारीको ‘आगो’ सार्वजनिक

609 shares

काठमाडौँ । गायिका समीक्षा अधिकारीको ‘आगो’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार इनाक्क्षि इन्टरटेनमेन्टबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रमेश बिजीको शब्द रहेको गीतमा रमेशराज भट्टराईको संगीत रहेको छ । नारीप्रधान गीतको भिडियोमा डान्सर आश्मा विश्वकर्मा फिचर्ड छिन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी राजीव समरले गरेका छन् ।

 

 

609 shares