‘लाज शरणम्’ घोषणा, जिग्रीले निर्देशन गर्ने

637 shares

काठमाडौँ । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले फिल्म निर्माण गर्ने घोषणा गरेको छ । टिमले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ‘लाज शरणम्’ नामक फिल्मको औपचारीक घोषणा गरेको हो ।

‘सक्किगोनि’का कुमार कट्टेल(जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले गत फागुनमै पोष्टर सार्वजनिक गरेर फिल्मको नाम सार्वजनिक गरेका थिए । फिल्मको निर्देशक र कलाकारको नाम भने सार्वजनिक गरिएको थिएन । अब भने कुमार कट्टेल (जिग्री)ले फिल्मको निर्देशन गर्ने भएका छन् । फिल्मको कथा उनले नै लेखेका हुन् ।

फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बु लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्मलाई आगामी फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शनमा ल्याइने जानकारी दिइएको छ ।

समसामयिक विषयमा निर्माण हुने फिल्मका निर्माता नविन श्रेष्ठ हुन् भने सह–निर्माता नरेश शाह हुन् ।

 

637 shares