बागमतीमा दोलखाका भरत केसी मन्त्री बन्ने सम्भावना बलियो

1.02K shares
ishwor movie

काठमाडौँ । संघीय सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेसँगै प्रदेश सरकारमा पनि फेरबदल भइरहेको छ । दुई पार्टीबिच भएको सहमति अनुसार बागमती प्रदेशमा कांगेसले नेतृत्व गर्नेछ ।

कांग्रेसले नेतृत्व गर्ने बागमती प्रदेशमा अर्को सत्ता साझेदार दल नेकपा एमालेबाट को को मन्त्री बन्नेछन् भन्ने विषय चर्चामा रहेको छ । यसअगाडि माओवादी नेतृत्वको प्रदेश सरकारमा एमाले जेएन थपलियाको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । थपलिया आर्थिक मामिला मन्त्री बनेका थिए ।

बहादुर सिं लामाको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने सहमति छ । एमाले नयाँ बन्ने प्रदेश सरकारमा अधिकांश नयाँ अनुहार पठाउने मुडमा देखिएको छ । यसअगाडि मन्त्री बनिसकेका अधिकांशलाई नदोहोर्याउने मुडमा एमाले देखिएको छ । एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय परेको छ ।

गएको आम निर्वाचनमा एमालेले बागमतीमा प्रदेशसभामा प्रत्यक्षतर्फ जितेका सिटहरु हेर्दा दोलखा प्रदेश सभा (२)बाट निर्वाचित भरत केसी मन्त्री बन्ने बलियो दावेदार हुन् । पूर्वी बागमतिबाट निर्वाचित केसीसँग यसअगाडि स्थानीय तहको सरकार संचालन गरेको अनुभव छ । २०७४ को स्थानीय तहको निर्वाचनमा उनि भिमेश्वर नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । स्थानीय सरकार संचालन गर्दा लोकप्रिय कामहरु गरेका कारण उनि जनप्रिय रहेको बताइन्छ ।

एमाले दोलखाको राजनीतिमा लामो समयदेखि सक्रिय केसि गएको निर्वाचनमा दोलखा प्रदेश सभा (२) बाट अत्याधिक मतका साथ निर्वाचित भए । एमालेको राम्रो पकड भएको मानिने दोलखाबाट उनि मात्रै गठबन्धनलाई पराजित गर्दै विजेता बनेका हुन् । मिलनसार, भिजन भएका, मसिनो ढंगले काम गर्न सक्ने केसीका खुवी हुन् ।

लामो समय पार्टीमा काम गरेको अनुभव र स्थानीय सरकार चलाउँदा जनप्रिय काम गरेको अनुभव केसीसँग छ । उनको यहि छविलाई हेर्दै प्रदेशमा मन्त्री बनाउने तयारी गरेको एमालेका नेताहरु बताउँछन् ।

1.02K shares