यी हुन् बागमतीमा एमालेका ६ मन्त्री

700 shares
ishwor movie

काठमाडौँ । नेकपा एमालेले नयाँ बन्ने बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । गठबन्धनमा ६ मन्त्रालय पाएको एमालेले लामो रस्साकस्सिकाबीच मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले भौतिक पूर्वाधार मन्त्रालय सहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाउने भएको छ । यसअगाडि अर्थ मन्त्रालय पाउने भनिएपनि सहमतिमा मन्त्रालय हेरफेर भएको हो ।

एमालेले मन्त्रीहरुमा काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङको नाम टुंगो लगाएको छ । श्रेष्ठ यसअगाडि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए । उनि बाहेकका सबै नयाँ अनुहार हुन् ।

गठबन्धनका तर्फबाट आजै कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त गर्ने तयारी रहेको जनाइएको छ ।

700 shares