‘आउटल’ ले जोगाउला त सुशीलको करियर
वि.सं.२०८१ साउन १० बिहीवार ०८:४०
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको करियर निरन्तर ओरालो लागिरहेको छ । नेपाल चलचित्र क्षेत्रमा दमदार डेब्यु गरेका श्रेष्ठको करियरमा उनले ५ फिल्म गरिसकेका छन् । तर, दर्शकले उनलाई विर्सिसके ।
डेब्यु फिल्म ‘होस्टल रिर्टन्स’बाट राम्रो सम्भावना देखाएका उनको, त्यसपछिका दिनहरु सहज देखिएनन् । उनले गरेका फिल्मले न उनलाई स्थापित गराउन मद्दत गर्यो, न दर्शकलाई हलसम्म नै तान्न सक्यो । यो बिचमा उनले गरेका फिल्महरु दर्शकलाई याद पनि छैन होला सायद । बिचको समयमा उनि यदाकदा फिल्मी कार्यक्रमहरुमा भने देखि नै रहे । यस्तोमा उनको नयाँ फिल्म प्रदर्शनको संघारमा छ ।
‘आउटल दफा २१९’ फिल्मको टिजरमा उनि एक्सन अवतारमा देखिएका छन् । सुगठित शरिरका धनि श्रेष्ठले यो पटक पुर्ण एक्सन गरेको फिल्म आउँदैछ । फिल्मसँग ओरालो लागेको करियरलाई राहत दिन चुनौती उनमा देखिन्छ । फिल्ममा उनको एंग्री अवतारलाई दर्शकले रुचाउने आश गर्न सकिन्छ ।
उनले अभिनय गरेका ‘सायद २’, ‘कारखाना’, ‘बादशाह जुट’, ‘लभ डायरिज’ लगायतका फिल्म फ्लप भएका थिए । यस्तोमा आउटल ले उनको करियरलाई थोरै भएपनि राहत दिने अनुमान गरिएको छ । सार्वजनिक टिजरले सकरात्मक प्रतिक्रिया पाइरहेको बेला फिल्मले पनि सफलता पाओस् ।
वि.सं.२०८१ साउन १० बिहीवार ०८:४०