मोडल अलिशाको फिल्ममा डेब्यु
वि.सं.२०८१ साउन १० बिहीवार १०:३२
काठमाडौँ । चलचित्र ‘पूर्णबहादुरको सारंगी’को दोश्रो चरणको छायांकन भक्तपुरवाट सुरु भएको छ । पहिलो सेड्युलमा ओखलढुंगाको रुम्जाटारमा ३६ दिनसम्म सुटिङ भएको थियो । फिल्मको छायांकनकै क्रममा कलाकारको लाइनअप पनि पुरा हुँदैछ ।
फिल्ममा मोडल अलिशा बास्तोला अनुबन्धित भएकी छन् । दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेकी अलिशाको यो डेब्यु फिल्म हो । फिल्ममा प्रकाश सपुत, बिजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहने भएको छ ।
फिल्मलार्य सेभेन सिजले निर्माण गरिरहेको छ । सामाजिक कथामा निर्माण हुने फिल्ममा गन्धर्व परिवारको कथा देखाइने जनाइएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मको निर्देशकका रुपमा सरोज पौडेल रहेका छन् । फिल्मका कार्यकारी निर्माता रमेश चौँलागाईँ र हरि श्रेष्ठ हुन् ।
वि.सं.२०८१ साउन १० बिहीवार १०:३२