‘घरज्वाइँ’ले ४ करोड ६३ लाख कमाएको दाबी

1.22K shares

काठमाडौँ । गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’को निर्माण टिमले कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । फिल्मले दुई सातामा ४ करोड ६३ लाख कमाएको निर्माण पक्षको दाबी छ । फिल्मले पहिलो सातामा ३ करोड ग्रस कलेक्सन र दोश्रो सातामा १ करोड ६३ लाखको व्यापार गरेको दाबी छ ।

फिल्मलाई जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनले निर्माण गरेको हो । जनक घर्तीमगर निर्माता रहेको फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका छन् । मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथाको बारेमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारको अभिनयर रहेको छ । को अभिनय छ ।

1.22K shares