‘के घर के डेराः घर नम्बर २’ मा आर्यन सिग्देलको इन्ट्रि
वि.सं.२०८१ साउन १४ सोमवार १२:२४
काठमाडौँ । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को कलाकार फाइनल हुने क्रम जारि छ । फिल्मका लागि मुख्य कलाकारहरु अनुबन्धित भइसकेका छन् । फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेत अनुबन्धित भइसकेका छन् ।
बलियो लाइनअप देखिएको फिल्ममा आर्यन सिग्देलको पनि इन्ट्रि भएको छ । निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौतासमेत भइसकेको छ । आर्यन पछिल्लो समय कमब्याकको कोशिस गरिरहेका छन् । गत जेठ १० गतेबाट प्रदर्शनमा आएको ‘पूजार सार्की’ले उनलाई राहत दियो । विस्तारै फिल्मको संख्या बढाइरहेका छन् आर्यन ।
साउन २५ गतेबाट छायांकनमा जाने चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा अन्य कलाकारहरु फाइन हुन बाँकी नै रहेको छ । बुद्धि सागरले लेखेको फिल्मलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिनेछ । फिल्ममा फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी रहेको छ भने फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
वि.सं.२०८१ साउन १४ सोमवार १२:२४