आस्मा कुमारी बनिन् मिस नेपाल– २०२४

581 shares

काठमाडौँ । मिस नेपाल २०२४ को ताज आस्मा कुमारी केसीले पहिरिएकी छन् । शनिबार काठमाडौँमा सम्पन्न ग्राण्ड फिनालेबाट केसी मिस नेपाल बनेकी हुन् ।

हिडन ट्रेजरको आयोजनामा भएको प्रतियोगितामा २५ सुन्दरीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । मिस नेपालको ३० औँ संस्करणको ताज केसीलाई पूर्व मिस नेपाल श्रीच्छा प्रधानले लगाइदिएकी थिइन् ।

581 shares