‘नमेटिने घाउ’को फर्स्टलुकमा प्रधानमन्त्री ओली
वि.सं.२०८१ साउन २१ सोमवार ०५:४०
काठमाडौँ । भदौ ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नमेटिने घाउ’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा कलाकार भन्दा धेरै प्रधानमन्त्री केपी ओलीलाई स्थान दिइएको छ ।
सार्वजनिक पोष्टरमा ओलीको साथमा प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मालाई कलाकारको रुपमा प्रस्तुत गरिएको छ । पोष्टरमा एसिड पिडित कलाकारलाई पनि प्राथमिकता दिइएको छ ।
सत्य घटनामा आधारीत रहेर निर्माण गरिएको फिल्ममा एसिड पिडितको कथा उठाइएको छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पिडितको कथा रहेको जनाइएको छ । फिल्ममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल माननिय ज्ञानेन्द्र शाहिको पनि अभिनय रहेको छ ।
शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, स्वस्तिमा कार्की, लालना चिमोरिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मलाई रमित ढुंगानाले निर्देशन गरेका छन् ।
वि.सं.२०८१ साउन २१ सोमवार ०५:४०