भद्रकाली मन्दिरमा ‘माइली’को शुभसाइत, भोलिबाट छायांकन

616 shares

काठमाडौँ । बाबु साहेब बलामीको निर्देशनमा बन्ने चलचित्र ‘माइली’को शुभमूहर्त गरिएको छ । सोमबार काठमाडौँको भद्रकाली मन्दिरमा फिल्मको शुभमूहूर्त गरिएको हो ।

शुभमूहुर्त कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिकहरुको उपस्थिति थियो । कार्यक्रममा प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सर्ट दिएका थिए ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।

सत्य घटनामा आधारित भएर फिल्म बनाउन लागि निर्देशक बलामीले बताए । फिल्मको छायांकन भोलि मंगलबारबाट सुरु हुनेछ । फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने जनाइएको छ छ ।

 

616 shares