‘देवरा’को गीतमा एनटिआर र जान्हवी कपुरको रोमान्स

595 shares

काठमाडौँ । ‘आरआरआर’ फिल्मबाट प्यान इन्डियन स्टार बनेका जुनियर एनटिआरको नयाँ फिल्म ‘देवरा’ प्रदर्शनको संघारमा छ । फिल्मको प्रचार सामग्रीहरु सार्वजनिक भइरहेको छ । यस्तोमा फिल्मको दोश्रो गीत ‘धीरे धीरे’ सार्वजनिक भएको छ ।

टि–सिरिजबाट सार्वजनिक गीतको भिडियोमा जुनियर एनटिआर र जान्हवी रोमान्टिक देखिएका छन् । गीत्लाई हिन्दी, तेलुगु, मलयालम, कन्नड भाषामा सार्वजनिक गरिएको छ ।

फिल्ममा एनटिआर र जान्हवीसँगै श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खान लगायतका कलाकारको अभिनय छ। फिल्म २७ सेप्टेम्बरबाट प्रदर्शनमा आउँदैछ ।

 

 

595 shares