‘घर नम्बर २’मा केकी र उपासना
वि.सं.२०८१ साउन २३ बुधवार १२:५१
काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने ‘के घर के डेराः घर नम्बर २’ मा कलाकारको लाइनअप बलियो बनेको छ । फिल्मका लागि अभिनेताहरु फाइनल भएपनि अभिनेत्रीहरु फाइनल भएका थिएनन् । निर्माण टिमले दुई अभिनेत्री फाइनल गरेसँगै फिल्मको लाइनअप बलियो बनेको हो ।
फिल्ममा अभिनेत्री केकी अधिकारी र उपासना सिंह ठकुरी फाइनल भएका छन् । दुवै अभिनेत्रीसँग निर्माण टिमले कागजी सम्झौतासमेत गरिसकेको छ ।
साउन २५ गतेबाट छायांकनमा जाने चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल यसअगाडिनै अनुबन्धित भइसकेका छन् । अहिलेका चलेका कलाकारहरु एकसाथ फिल्ममा अनुबन्धित हुँदा फिल्मले राम्रो गर्ने अनुमान गरिएको छ ।
वुद्धिसागरको कथा रहेको फिल्मको छायांकन काठमाडौँमा हुने निर्माण टिमले जनाएको छ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।
फिल्मलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गर्न लागिएको हो ।
वि.सं.२०८१ साउन २३ बुधवार १२:५१