प्रधानमन्त्री ओलीले भने, ‘अब म दिन्छु न्याय’
वि.सं.२०८१ साउन २४ बिहीवार १३:३८
काठमाडौँ । एसिड आक्रमणको सत्य कथामा बनेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार फिल्मको २ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा एसिड पिडितको कथा र यस्ता जघन्य अपराधलाई राज्यले गर्नुपर्ने कारबाहीको विषय उठाइएको छ । ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पनि स्थान दिइएको छ । ओलीले ट्रेलरमा पिडितलाई अब म दिन्छु न्याय भन्ने डायलग बोलेका छन् ।
रमित ढुंगानाको निर्देशनमा बनेको फिल्ममा ओली र नेपालको साथमा माननीय ज्ञानेन्द्र शाही र अर्का माननीय देवेन्द्र पौडेलको पनि अभिनय छ । शिवम् अधिकारीको कथा रहेको फिल्ममा रमित ढुंगाना, अमित ढुंगाना, ओजस्वि ढुंगाना, कृष्ण रतन ढुंगाना र श्याम रतन ढुंगानाको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता मिरन पोखरेल हुन् ।
फिल्म आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वि.सं.२०८१ साउन २४ बिहीवार १३:३८