‘खुस्मा’को टिजरमा छचल्किएको धिरज र उपासनाको प्रेम (भिडियो)

896 shares

काठमाडौँ । असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । शनिबार फिल्मको २ मिनेट बढीको टिजर केन्द्र मोसन पिक्चर्समार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीलाई स्थान दिइएको छ । दुईको प्रेम, मिलन र रोदनलाई टिजरमा देखाइएको छ । जनयुद्धको पृष्ठभुमिमा हुर्किएको प्रेमकथा देखाइएको टिजर दमदार नै देखिएको छ ।

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा धिरज र उपासनाको साथमा माओत्से गुरुङ, राज थापा काउचा, विजय संन्योक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरुण मगर लगायतका कलाकारको अभिनय रहेको छ । एम मिडिया प्रा.ली.ले निर्माण गरेको फिल्ममा बिर बहादुर लामा, चन्द्र भट्टचन, बेतानी मगर, मान बहादुर मगरको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता मोहन राई हुन् भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

 

 

896 shares