शिल्पी थियटरमा भदौ ७ गतेबाट ‘सोरठी’ मञ्चन हुने
वि.सं.२०८१ साउन २७ आइतवार ०३:१०
3.19K
shares
काठमाडौँ । शिल्पी थियटर बत्तीसपुतलीमा भदौ ७ गतेबाट ‘सोरठी’ नाटक मञ्चन हुने भएको छ । काउछा क्रियशनको प्रस्तुति र बिम्व आर्ट्सको सहकार्यमा निर्माण हुने नाटकलाई संगीता थापामरले निर्देशन गदैछिन् ।
मगर समुदायको कथामा आधारित नाटकको निर्देशनमा संगीतालाई सञ्जय काउछा मगरले सघाएका छन् । नटकको कथा सञ्जयले नै लेखेका हुन् । ६ वर्षभन्दा लामो समयदेखि रंगकर्ममा सक्रीए संगीताले यसै नाटकमार्फत निर्देशनमा डेब्यु गर्दैछिन् । नाटकका निर्माता यम ल्हायो मगर र प्रमोद खड्का हुन् ।
संगीताले दर्जनौँ नाटक र फिचर फिल्ममा समेत काम गरिसकेकी छन् । नाटक भदौ ७ गतेदेखि ३० गतेसम्म मंगलबारबाहेक नियमित मञ्चन हुनेछ ।
वि.सं.२०८१ साउन २७ आइतवार ०३:१०
3.19K
shares