गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा

630 shares

काठमाडौँ । शनिवार साँझ निधन भएका गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । गएराति उनि बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल लगेको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

नेपाली तारा मार्फत सांगीतिक क्षेत्रमा पाइला राखेका उनले थुप्रै यादगार गीतहरु दिएका छन् । उनको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआएनी हुन्थ्यो’ लगायतका गीतहरु हिट छन् ।

उनको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने भएको छ । त्यसपछि उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिने तयारी गरिएको जनाइएको छ ।

630 shares