नेप्सेमा नयाँ रेकर्ड, बजारमा छायो हरियाली

644 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नयाँ रेकर्ड बनेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा नयाँ रेकर्ड बनेको हो ।

नेप्से परिसूचक २८ सय अंक नाघ्दा कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । आइतबार बजारमा २५ अर्ब ७७ करोड रुपैँया बराबारको शेयर कारोबार भएको छ । यसअगाडि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैँया बराबरको कारोबार भएको थियो ।

नेप्से ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेको छ । बजारमा २२५ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । बजारमा सबै सूचकहरु बढेका छन् ।

 

 

644 shares