एमालेका पूर्वमन्त्री र ‘सक्किगोनि’का कलाकारसहित ११ जना जुवाडे पक्राउ

1.37K shares

काठमाडौँ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जना हाइप्रोफाइल जुवाडे पक्राउ गरेको छ । प्रहरीले पूवमन्त्रीसहित कलाकारलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी पनि रहेका छन् । साथै प्रहरीले ‘सक्किगोनि’मा प्रहरीको भूमिकामा देखिँदै आएका पुरुषोत्तम आचार्यलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले गौरीघाटबाट राजभण्डारी र आचार्यसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा लाई पक्राउ गरेको हो । छन् । माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले बताए ।

राजु महतको कोठामा जुवातास खेलिरहेका उनिहरुलाई प्रहरीले नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

1.37K shares