पल शाहको ‘मोहर’मा बेनिशा हमालको इन्ट्रि

854 shares

काठमाडौँ । अभिनेत्री बेनिशा हमालको व्यस्तता बढ्दो छ । उसो त उनलाई राम्रो अभिनय क्षमता भएको अनलक्की हिरोइन पनि भन्ने गरिन्छ । प्रचुर सम्भावना भएको तर फिल्म पाउन भने सकस भएकी अभिनेत्रीको रुपमा पनि उनलाई अथ्र्याइने गरिन्छ ।

बेनिशाको लागि पछिल्लो केहि समय सुखद् नै रहे । ‘छक्का पन्जा ४’ मा काम गरेपछि उनको करियर लगातार उकालो नै लागि रहेको छ । पछिल्लो केहि दिनयता मात्रै उनले दुई फिल्म साइन गरिसकेकी छन् । उनले किरण नेपालीको ‘कल्ली’मा पल शाहसँग जोडि बाँध्ने छिन् । भर्खरै मात्रै पलनै मुख्य भुमिकामा रहेको ‘मोहर’मा पनि उनि अनुबन्धित भएकी छन् ।

‘मोहर’मा पल र निती शाह यसअगाडिनै अनुबन्धित भइसकेका छन् । यस्तोमा बेनिशाको प्रवेशले कलाकारको लाइनअप रोचक बनेको छ । ओम प्रतीक गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन आगामी माघबाट हुने जनाइएको छ ।

बेनिशाले हालै निर्माणटिमसँग सम्झौता गरेकी छन् ।

 

854 shares