सुर्या र बबी स्टारर ‘कंगुवा’ को ट्रेलर सार्वजनिक (भिडियो)

742 shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता सुर्या स्टारर फिल्म ‘कंगुवा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सारेगम तमिल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा फिल्मको मुख्य दुई अभिनेता सुर्या र बिबी देओलको भिडन्त देखाइएको छ । फिल्मको ट्रेलर दमदार बनेको छ । सुर्या र बबी दुवैको लुक्स खुंखार देखिएको छ ।

शिवको निर्देशनमा बनेको फिल्ममा सुर्या र बबीको साथमा दिशा पाटनी, योगी बाबू, प्रकाश राज, जगपति बाबु लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म १० अक्टोबरबाट ३८ भाषामा प्रदर्शन हुँदैछ ।

 

742 shares