‘रावायण’को शिर्ष गीत : दमदार अडियो भिडियो
वि.सं.२०८१ साउन २९ मंगलवार ०९:४८
काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलमार्फत शिर्ष गीतको भिडियो सार्वजनिक गरिएको हो ।
डाक्टर कृष्णहरि बरालको शब्द रहेको गीतमा रेवन आरती सिंहको संगीत रहेको छ । गीतमा नाकास अजिजको स्वर रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचर्ड छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियो दमदार देखिएको छ । पूजा र पलको दमदार डान्स भिडियोमा देख्न सकिन्छ ।
निर्माण घोषणा भएदेखिनै चर्चामा रहेको फिल्मको यसअगाडि पोष्टर र टिजरको व्यापक चर्चा भएको थियो । पूजा शर्माको लगानी रहेको फिल्ममा पल र पूजाको साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनले संयुक्त रुपमा निर्माण गरेको हो । फिल्ममा श्री श्रेष्ठको एक्सन, मिलन श्रेष्ठको सम्पाडन, सौरभ लामाको डीओपी, रामजी लामिछाने र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । फिल्मलाई सौरभ लामाले खिचेका हुन् ।
सुदर्शन थापाको कथा रहेको फिल्ममा शिवम् अधिकारीको लेखन छ । फिल्म आगामी भाद्र २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वि.सं.२०८१ साउन २९ मंगलवार ०९:४८