एक्सनले भरिएको ‘१२ गाउँ’को टिजर

वि.सं.२०८१ साउन ३२ शुक्रवार १०:५५

काठमाडौँ । आगामी असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको हो ।
एक्सनले भरिएको टिजरमा नव नायक समिर भट्टको एक्सन सिनहरु देख्न सकिन्छ । बिराज भट्टको निर्देशनमा बनेको फिल्मको टिजरले दर्शकमाझ नयाँ स्वाद पस्कने देखिएको छ । टिजरमा बिराजपनि एक्सन गर्दै गरेको देखिन्छ ।
फिल्ममा नवकलाकार समिरको साथमा न्यान्सी खड्का र सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन् । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जङ्ग शाही, भीष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा अर्जुन पोखरेल र नीरजको संगीत रहेको छ भने रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मको कथा बिराजकै रहेको छ । फिल्ममा पटकथा तथा संवाद सन्तोष सरकारको रहेको छ ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार १०:५५