‘वर एण्ड बधु’को ट्रेलर सार्वजनिक

2.07K shares

काठमाडौँ । मिलन चाम्सको चलचित्र ‘वर एण्ड बधु’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरमा परिवारले वर र बधुलाई जोडि बाँध्न गरेको कोशिष देखाइएको छ । ट्रेलरमा विवेक कर्मचार्य र आँचल शर्माको नोँक झोँक पनि देखाइएको छ । आँचल शर्मालाई बोल्ड अवतारमा टिजरमा प्रस्तुत गरिएको छ ।

भाद्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा आँचल र विवेकको साथमा विजय लामा, गरिमा शर्मा, भिजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

2.07K shares