अनुया तामाङ बनिन् ‘भ्वाइस किड्स’ सिजन ३ को विजेता

वि.सं.२०८१ भदौ २ आइतवार ०२:२४
924
shares

काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा उनले उपाधि चुमेकी हुन् ।
कोच प्रमोद खरेलको टिममा रहेकी उनले टाइटलसँगै ट्रफीसहित १० लाख रुपैँया जितेकी छिन् । फिनालेमा ८ जनामा फाइनलिस्टहरुले उपाधिका लागि भिडेका थिए । दर्शकको भोटको आधारमा अनुयाले जितेकी हुन् । उनिसँग फिनालेमा कोच प्रमोद खरेलको टिमबाट उनि र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा थिए।
यो सँगै तीनवटै सिजनको विजेता कोच प्रमोदको टिमबाटै बनेका छन् ।

वि.सं.२०८१ भदौ २ आइतवार ०२:२४
924
shares