‘स्त्री २’ को कमाईमा उछाल, एक सातामा कति कमायो ?

686 shares

काठमाडौँ । यतिबेला हिन्दि चलचित्र ‘स्त्री २’ ले बक्सअफिसमा धमाका मच्चाइरहेको छ । फिल्मले रिलिजको दिनदेखिनै बक्सअफिसमा नयाँ नयाँ रेकर्डहरु कायम गरिरहेको छ ।

फिल्मले एक सातामा २८९ करोड ६० लाख भारुको कलेक्सन गरिसकेको छ । कलेक्सनको मामलामा फिल्म रोकिने छाँटकाँट देखिएको छैन । फिल्मले बुधबार ९ करोड ४० लाख, पहिलो दिन ५५ करोड ४० लाख, दोस्रो दिन ३५ करोड ३० लाख, तेस्रो दिन ४५ करोड ७० लाख, चौथो दिन ५८ करोड २० लाख, पाँचौ दिनमा ३८ करोड ५०, छैटौं दिन २६ करोड ८० लाख र सातौं दिन २० करोड ४० लाख भारू कमाएको छ ।

अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ। फिल्मको पहिलो पार्ट सन् २०१८ मा प्रदर्शन भएको थियो । त्यतिबेलापनि फिल्मले उधुम कलेक्सन गरेको थियो ।

686 shares