श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय

644 shares

काठमाडौँ । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला सफलतालई सेलिब्रेट गरिरहेकी होलिन्, सायद । उनको फिल्म ‘स्त्री २’ ले बक्सअफिसमा सुनामी नै ल्यायो । फिल्म रिलिज भएपछि श्रद्धाको चर्चा सबैभन्दा धेरै छ ।

उनले फिल्ममा मात्रै हैन इन्टाग्राममा अर्को रेकर्ड बनाएकी छन् । उनको इन्टाग्राम फलोअर्सको संख्या भारतीय प्रधानमन्त्री भन्दा धेरै देखिएको छ । उनि इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिला बनेकी छन् । उनलाई ९२.१ मिलियनले फलो गरेका छन् । उनले फलोअर्सको मामलामा बलिउडका सबै स्टारहरुलाई पछाडि छाडेकी छन् । ‘स्त्री २’ रिलिजअगाडि उनको २५ लाख फलोअर्स थिए ।

644 shares