‘तेल भिसा’को ‘हरि नाम झैं’ सार्वजनिक

वि.सं.२०८१ भदौ ११ मंगलवार ०२:३२
637
shares

काठमाडौा । मंसिर ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । सोमबार फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।
हर्क साउदको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर रहेको छ । लिरिकल भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ र सुचित्रा उप्रेती फिचर्ड छन् ।
शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्कीको दोहोरो भूमिका रहेको छ । फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की र श्रुती दाहाल हुन् ।

वि.सं.२०८१ भदौ ११ मंगलवार ०२:३२
637
shares