लक्ष्मीपूजामा प्रदीप खड्काको ‘एक्टर’ र पल शाहको ‘मायावी’ भिड्ने

3.01K shares

काठमाडौँ । पछिल्लो समय ठूला स्टारहरुको फिल्महरु एकआपसमा भिड्नु नौलो रहेन । यहि वर्षको सुरुवातमै हामिले फर्की फर्की र पूजार सार्कीको भिडन्त देख्न पायौँ । अब फेरि तिहारमा यस्तै भिडन्त देख्न पाइने भएको छ ।

अभिनेता प्रदीप खड्का स्टारर एक्टर र पल शाह स्टारर मायावी एक आपासमा भिड्न लागेका हुन् । कात्तिक १५ गते लक्ष्मीपूजालाई प्रदीपको एक्टरले यसअगाडि नै रिलिज मिति तोकेको थियो । अब यहि मितिमा पलको मायावी पनि आउने भएको छ । यसो हुँदा प्रदीप र पल एकआपसमा बक्सअफिसमा भिडेको दर्शकले हेर्न पाउने भएका छ ।

प्रदीप र पलले एकसाथ पूजार सार्कीमा काम गरेका थिए । निर्माण टिमका अनुसार फिल्म ब्लकबस्टर भएको थियो । त्यतिबेला पूजार सार्की अनमोल केसीको फर्की फर्कीसँग भिडेको थियो । अब फेरि यस्तै भिडन्त लक्ष्मीपूजाको दिन देख्न पाइने भएको छ । फर्की फर्कीसँगको भिडन्त त प्रदीपले जितेको बताइन्छ तर पलको मायावीसँगको भिडन्त कस्तो हुनेछ त्यो भने हेर्न दर्शकलाई रोचक नै हुनेछ ।

एक्टरलाई राजन भुषालले निर्देशन गरेका छन् । फिल्ममा प्रदीपको साथमा आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

यता मायावीमा दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा पलको साथमा दीपिका प्रसाइँ मुख्य भूमिकामा छिन् ।

 

3.01K shares