‘वर एण्ड बधु’ले आँचललाई सफलता देला ?

वि.सं.२०८१ भदौ ११ मंगलवार ०८:१२

काठमाडौँ । अभिनेत्री आँचल शर्मा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनको पाइपलाईमा थुप्रै फिल्महरु छन् । नेपाली चलचित्रमा पाइला टेकेको ८ वर्ष भइसक्यो । तर, आँचलको फिल्म कुन हो भन्दा दर्शकले फ्याट्टै नाम लिन सक्ने अवस्था छैन ।
उनको करियरमै थोरै फिल्म गरेकी छन् । उनले ६ ओटा फिल्ममा काम गरिसकेकी छन् । उनको ‘वर एण्ड बधु’ प्रदर्शनको संघारमा छ । यो वर्षकै सुरुवातमा उनको ‘डिग्री माइला’ प्रदर्शनमा आएको थियो । उनका ‘शत्रु गते’ र ‘झिँगे दाउ’ले बक्सअफिसमा राम्रै रिजल्ट निकाले | ‘डिग्री माइला’ पनि औशत फिल्ममा गनियो । उनले गरेका फिल्म हिट होस् वा फ्लप त्यसको केन्द्रमा आँचल रहिनन् । फिल्म हिट हुँदा पनि उनको तारिफ हुने भएन नै । उनका पात्रहरुले पनि दर्शकमाझ प्रवाभ छाड्न सकेनन् ।
‘झिँगेदाउ’मा भने उनको अभिनयको तारिफ भयो । त्यसबाहेक उनि रुटिन खालकै पात्रहरुमा रमाइरहेकी छन् । यस्तोमा उनको वर एण्ड बधु प्रदर्शनको तयारीमा छ । फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । मिलन चाम्सको निर्देशनमा बनेको फिल्मको मुख्य भूमिकामा आँचल शर्मा र विवेक कर्माचार्य छन् । विवेकले यहि फिल्मबाट डेब्यु गर्दैछन् । अन्य कलाकारको पनि लर्को फिल्ममा देख्न सकिन्छ ।
फिल्म चल्नै पर्ने दबाबमा आँचल देखिन्छिन् । फिल्ममा स्टारको नाममा उनि नै छिन्, यता भूमिकाको हिसाबले पनि उनि केन्द्रमा छिन् । तर, फिल्मको प्रचार प्रसार सामग्री सार्वजनिक भइसक्दा पनि फिल्मको खासै चर्चा हुन सकेको छैन । फिल्मको प्रचार सामग्री गीत, ट्रेलरले दर्शकलाई आकर्षित गर्न सकेको छैन ।
फिल्मको हाल अन्तिम चरणको प्रचार प्रसार भइरहेको छ । यस्तोमा फिल्मले कस्तो गर्छ त्यो भने प्रदर्शन पछि नै थाहा हुनेछ । फिल्मले सफलता पाउँदा आँचलको करियरमा अर्को इँटा भने पक्कै थपिनेछ । उनि थोरै भएपनि फिल्मप्रति आशावादी देखिन्छिन् ।

वि.सं.२०८१ भदौ ११ मंगलवार ०८:१२