एनवाइसी क्लबद्वारा मानव सेवा आश्रममा सहयोग

5.02K shares

काठमाडौँ । एनवाइसी क्लबले पशुपतिमा रहेको मानव सेवा आश्रममा सहयोग गरेको छ । संस्थाले कृष्णजन्माष्टमीको अवसर पारेर बनस्थली खरिवोटमा रहेका असहायहरुलाई सहयोग गरेको हो ।

२०७९ सालमा स्थापना भएको संस्थाले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । स्थापना कालदेखिनै सामाजिक कार्य गर्दै आएको संस्थाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने संस्थाका उप कोषाध्यक्ष किरण कृष्ण बुढाक्षेत्रीले बताए । कालिकोट पलाता गाउपालिकामा जन्मेका किरण कृष्ण बुढा बिगत लामो समय देखि व्यवसाय सङ्गै समाज गर्दै आएका र उनले विदेशमा अलपत्र परेका नेपालि कामदारलाई उद्दार गरेका छन । उनले संस्थालाई सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद पनि दिए ।

5.02K shares