‘आउटलः दफा २१९’ प्रदर्शन मिति सर्यो

वि.सं.२०८१ भदौ ११ मंगलवार १२:१८

काठमाडौँ । असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आउटलः दफा २१९’को मिति सरेको छ । आज निर्माणपक्षले एक विज्ञप्ती जारी गर्दै फिल्मको रिलिज मिति सरेको जानकारी दिएको हो ।
फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले निर्धारित मितिमा प्रदर्शनमा आउन नसक्ने जानकारी निर्माण टिमले गराएको हो । फिल्मलाई अझ उत्कृष्ट बनाउनका लागि थप समय लागेको निर्माण टिमको दावि छ ।
फिल्मको टिजर र फर्स्टलुकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । अमित अग्रहरीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । फिल्मका सह–निर्माता विकास चौधरी हुन् ।

वि.सं.२०८१ भदौ ११ मंगलवार १२:१८