प्रदीप,दयाहाङ, सौगात र आर्यन स्टारर ‘पिताम्बर’को छायांकन सुरु
वि.सं.२०८१ भदौ १२ बुधवार ०२:०५
560
shares
काठमाडौँ । मल्टिस्टारर फिल्म ‘पिताम्बर’को छायांकन सुरु भएको छ । भदौ १० गतेबाट फिल्मको छायांकन सुरु भएको हो । फिल्मको बालाजुमा रहेको एनएफडीसी ल्याबबाट छायांकन सुरु गरिएको छ ।
शुभमूहुर्तमा फिल्मका कलाकार सौगात मल्ल र प्रदीप खड्काले सट दिएका थिए । कृषा चौलागाइँको निर्देशनमा बन्ने फिल्ममा प्रदीप र सौगातको साथमा अनुपबिक्रम शाही, आँचल शर्मा, आर्यन सिग्देल, दयाहाङ राइ, प्रमोद अग्रहरी, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहार्री लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको काठमाडौँको छायांकन सकेर नवलपरासी जाने निर्माण टिमले जनाएको छ । प्रदीप भारद्वाजको लेखन र विशाल चौलागाइँको लगानी रहेको फिल्मको बजेट ५ करोड रहेको जनाइएको छ ।
वि.सं.२०८१ भदौ १२ बुधवार ०२:०५
560
shares