‘एक्लो’मा प्रदीप खड्का ‘कल्की’को अवतारमा

784 shares

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रदीप शाहीको एक्लोको चर्चा भइरहेको छ । विशेषगरि उनले चयन गरेको जनराको हिसाबले पनि फिल्म चर्चा हुन सुरु भएको हो । साइफाई जोम्बी थ्रिलर नेपाली चलचित्रका लागि नयाँ विषय हो ।

यहि विषयमा प्रदीपले फिल्म बनाउने घोषणा गरेपछि दर्शकले नयाँ जनराको नेपाली फिल्म हेर्न पाउने भएका छ । यस्तोमा निर्देशक शाहीले फिल्मका मुख्य अभिनेता प्रदीप खड्का कल्कीको पात्रमा रहेको बताएका छन् । बुधबार उनले प्रदीपको लुक्ससहित उनको पात्रको नाम परिचय गराएका हुन् ।

पोष्टर सार्वजनिक गर्दै शाहीले मेरो कल्पनामा लामो समयदेखि बाँचिरहेको पात्र कल्की भनेका छन् । फिल्मलाई तीन भागमा निर्माण गरिने जनाइएको छ । तीन भागमा बन्ने फिल्ममा पहिलो पटक जोम्बी थ्रिलरको कथा भनिनेछ ।

फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, हलिउड अभिनेता जेमि बेकन, विजय लामा, सुनिल थापा, कबिता नेपाली, एवनराज उप्रेती लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण गरिन लागेको हो ।

784 shares