‘ज्वाइँ साब’को टिजरः जितुले भित्र्याए नीति

वि.सं.२०८१ भदौ १३ बिहीवार ०३:२८

काठमाडौँ । असोज २४ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटल मार्फत फिल्मको टिजर सार्वजनिक भएको हो ।
‘छक्का पन्जा ५’ सँग भिड्ने भएपछि फिल्मको चर्चा ह्वात्तै बढेको छ । यस्तोमा सार्वजनिक टिजरले दर्शकलाई कतिको आकर्षित गर्न सक्छ भन्ने सबैको चासो रहेको छ । रमाइलो टिजरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । बिहे गर्ने चाहनाको वरिपरि घुमेको छ टिजर ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

वि.सं.२०८१ भदौ १३ बिहीवार ०३:२८