भारतीय चर्चित गायक गायिकाको स्वरमा ‘रावायण’को ‘तिम्रै लागि’ सार्वजनिक

546 shares

काठमाडौँ । यतिबेला नेपाली चलचित्र नगरी रावयणमय बनेको छ । फिल्मको हाइप उच्च छ । फिल्मको टिजर, शीर्ष गीत र ट्रेलर सार्वजनिक भएपछि चर्चा चुलिएको हो ।

फिल्ममा दर्शककले रुचाएको पल शाह र पूजा शर्माको जोडिको कारण पनि चर्चा छ । एक्सन सिनहरुले दर्शकलाई अझ चाखलाख्दो बनाएका छन् । यस्तोमा फिल्मको दोश्रो गीत तिम्रै लागि सार्वजनिक भएको छ ।

कृष्णहरी बरालको शब्द रहेको गीतमा नीरज सिंहको संगीत रहेको छ । गीतमा भारतका चर्चित गायक कुणल गाञ्जावाला र गायिका सोनु कक्कडको स्वर रहेको छ । भिडियोमा पल र पूजा फिचर्ड छन् । रामजी लामिछानेको नृत्य निर्देशनमा बनेको भिडियोमा पल र पुजाको जोडि प्रेमिल देखिएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा पल र पूजाको साथमा अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रमोद अग्रहरी, प्रियंका कार्की, प्रकाश शाह लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा शिवम अधिकारीको लेखन तथा प्रदीप श्रीवास्तवको पटकथा रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द रहेको छ । ,

फिल्म तीजको अवसरमा भदौ २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

546 shares