‘वर एण्ड बधु’लाई प्रिमियरमा राम्रो प्रतिक्रिया

वि.सं.२०८१ भदौ १३ बिहीवार ०८:५७

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वर एण्ड बधु’को प्रिमियर सम्पन्न भएको छ । बुधबार ललितपुरको लबिम मलमा फिल्मको भब्य प्रिमियर गरिएको हो ।
प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र पत्रकारको बाक्लै उपस्थिति थियो । ‘रेड कार्पेट मिरर वाक’ नाम दिइएको कार्यक्रममा फिल्मका मुख्य कलाकार आँचल शर्मा र विवेक कर्माचार्यले ‘मिरर वाक’ गरेका थिए । कार्यक्रममा आँचलको आउटफिटको चर्चा भएको थियो ।
फिल्म हेरेर धेरैले राम्रो बनेको प्रतिक्रिया दिएका थिए । पुर्ण रुपमा कमर्सियल फिल्म बनेको अधिकांशको प्रतिक्रिया थियो । विशेषगरि फिल्मको लोकेशनको खुवै चर्चा भएको थियो । प्रिमियरमा मह जोडि, दीपाश्री निरौला, मिरुना मगर, जितु नेपाल, पशुपति राई, कविता नेपाली, सुयोग गुरुङ, केदार घिमिरे लगायतका चर्चित कलाकारको उपस्थिति थियो ।
मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा आँचल र विवेकको साथमा किरण केसी, कुशुम शर्मा, विजु पार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८१ भदौ १३ बिहीवार ०८:५७